आकासियाे सुनकाे मूल्य
समाधान संवाददाता
२०७६ साउन २० गते १३:३६

समाधान संवाददाता, काठमाडाैं
सोमबार १५ सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आइतबारसम्म ६६ हजार ३ सयमा कारोबार भईरहेकाे सुनको मूल्य सोमबार १५ सयले बढेर प्रतिताेला ६७ हजार ८ सय पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ ।
यसरी सुनकाे मूल्य बढ्नुकाे कारण फेडरल रिजर्भ बैंककाे ब्याजदर घट्नु र अमेरिका-चीनबीचको व्यापार युद्ध रहेकाे बताइएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया