कोल्मा बहाकोट तमु समाजमा भोजबहादुर

समाधान संवाददाता २०७६ साउन २० गते १४:१६

समाधान संवाददाता, पोखरा

कोल्मा बहाकोट तमु समाज पोखरा १० ईन्द्रमार्गको २६ औँ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन शनिबार भएको छ । सभा र अधिवेशनको गण्डकी प्रदेशमा स्याङ्जा क्षेत्र १ (ख)का सांसद मीनप्रसाद गुरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले दुख र विपतमा समाज चाहिने धारणा राखे ।

‘आफूलाई आपत्त पर्दा, गाह्रो हुँदा समाजलाई सम्झन्छौं,’ उनले भने, ‘त्यसैले समाज व्यक्तिगत स्वार्थ भन्दा समुहगत स्वार्थमा अगाडि बढ्नुपर्छ ।’

Advertisement

समाजको अधिवेशनले भोजबहादर तमुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष लालबहादुर तमु, महासचिव पूर्णबहादुर तमु चयन भएका छन् । सचिव कमला तमु, कोषाध्यक्ष प्रेमबहादुर तमु (काउँले) चयन भएका छन् । कार्यसमितिको महिला उपाध्यक्ष लीला गुरुङ चयन भइन् । महिला सह–कोषाध्यक्ष बाला तमु (हिमालीटोल) चयन भएकी छन् । क्वाटर मास्टरमा तुलाराम तमु र सहयोगीमा ताराप्रसाद तमु चुनिएका छन् ।

निर्वाचन समितिका डब्लु ओ टु मेजर तेजबहादुर गुरुङ, निर्वाचन अधिकृत सुवेदार मेजर गुप्तबहादुर तमु, पूर्व अध्यक्ष जोगमाया तमु, सिनियर ईन्जिनियर किसानसिंह तमु र हिलेन्द्र तमुले नयाँ कार्यसमिति चयन गर्नुभएको थियो ।

Advertisement

समाजका निर्वतमान अध्यक्ष पूर्णबहादुर तमुलाई समाजको उन्नति र सामाजिक उत्थानका लागि अतुलनीय योगदान पुर्‍याए स्वरुप निर्वाचन संयोजक मण्डलले प्रमाणपत्र सहित दोसल्ला ओढाएर विशेषसम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया