ट्यालेन्ट क्वेस्टमा छानिए ३२ प्रतिस्पर्धी

समाधान संवाददाता २०७६ साउन २० गते १६:१०

समाधान संवाददाता
पोखरा

फेवा डान्सिङ एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेन्ट क्वेस्ट गण्डकी सिजन वान अन्तर्गत दोस्रो अडिसन भएको छ । दोस्रो अडिसनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छानिएका छन् ।

‘बचाऔं हाम्रो मौलिक लोक संस्कृति, हटाऔं पाश्चात्य पश्चिमी विकृति’ भन्ने नाराका साथ सञ्चालित ट्यालेन्ट क्वेस्टको पहिलो अडिसनबाट १६ जना छानिएका थिए । म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, लमजुङ, कास्की लगायतका जिल्लाबाट ६० जना प्रतिस्पर्धामा सहभागी थिए ।

Advertisement

दोस्रो चरणका लागि आकांक्षा गुरुङ, सरु परियार, विपना विक, पुष्पा नेपाली, माधवी आचार्य, विपना रायमाझी, निशा परियार, रविना अधिकारी, अञ्जन बराल, खुसी गुरुङ, दुर्गा सुनार, राज परियार, रिमा सुनार, श्वेता सुवेदी, दिव्या गुरुङ, सविना अधिकारी, एञ्जल रायमाझी, कुसुम गुरुङ, धनराज श्रेष्ठ, साजन सुनुवार, एनी गुरुङ, प्रीति कार्की, समृद्धि श्रेष्ठ र महिमा दर्नाल छनोट भएका छन् । राजन तामाङ, सृष्टि राई, एलिसा गुरुङ, रीतिसा श्रेष्ठ, रिहाना बास्तोला, जलन गुरुङ र पवित्रा मगर पनि दोस्रो अडिसन पार गर्न सफल भएको कार्यक्रमका संयोजक हरि रम्तेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत डान्सिङतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद ३० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पर्स प्राप्त गर्ने व्यवस्थापक प्रवीन मगरले जानकारी दिए । आगामी २५ गते शनिबार तेस्रो अडिसन सकिएसँंगै दोस्रो चरणको कार्यक्रम सुरु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया