मानव सेवा आश्रमलाई जिसस पदाधिकारीको सहयोग

समाधान संवाददाता २०७६ साउन २१ गते १२:००

समाधान संवाददाता
पोखरा

जिल्ला समन्वय समिति कास्कीका पदाधिकारी तथा सदस्यले पदस्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा सोमबार मानव सेवा आश्रम कास्की शाखाका अपांग, असाहय र ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् ।

कार्यक्रममा चामल, तेल चिनी दाल, आटा लगायत खाद्यान्न सहयोग गरिएको हो । समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने काम मानव सेवा आश्रमका सञ्चालक तथा व्यवस्थापकले गरेको बताए । ‘घरपरिवारमा पालन पोषण र रेखदेख गर्ने संस्कारको विकास गरेर सडकमा आउने वातावरण बन्न दिन हँुदैन,’ उनले भने, ‘सामाजिक संघ संस्था र सरकारी निकायसँग समन्वय गरेर आश्रमलाई सहयोग जुटाउन पहल गर्ने छौं ।’

Advertisement

कार्यक्रममा आश्रम कास्कीका सहसंयोजक राजन सापकोटाले कास्कीका सडक पेटीमा बसेर गुजारा चलाउदै आएका, अपांग र असाहय गरी ३ सय ५० जनालाई उद्धार गरेको जानकारी दिए । उद्धार गरिएकामध्ये २० जनालाई हेटौंडा पठाएको र ९२ जनालाई पारिवारिक पुनर्मिलन गराएको उल्लेख गर्दै उनले अहिले आश्रममा ९५ जना सेवाग्राही रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका वडा नम्बर १७का अध्यक्ष तीर्थ अधिकारी आश्रमले मानवीय सहयोगको काम गरेको बताए ।

Advertisement

पदास्थापनाको तेस्रो वर्ष प्रवेशका अवसरमा समन्वय समितिका पदाधिकारी र सदस्यहरुले समन्वय समितिको परिसरमा सरसफाइ, वृक्षरोपण, गोडेमल र मलजल हाल्ने काम गरेका छन् । समन्वय समितिका प्रमुख क्षेत्रीले संघीय र स्थानीय सरकारले गरेका विकास निर्माणको काममा अनुगमन तथा सहजीकरणको काम गरेको बताए ।

स्थानीय सरकारका प्रतिनिधिका लागि योजना तर्जुमा तथा बजेटिङ, स्थानीय आर्थिक विकास कार्यक्रम र स्थानीय सरकार सञ्चालन लगायत विषयमा तालिम दिएको उल्लेख गर्दै समन्वय प्रमुख क्षेत्रीले समितिको मौज्दात कोषको परिचालन गरेको जनाए ।

तपाईको प्रतिक्रिया