रहेनन् ‘मुसुमुसु हाँसिदेऊ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटिया

समाधान संवाददाता २०७६ साउन २१ गते १३:३७

समाधान संवाददाता, काठमाडाैं

चर्चित गीत ‘मुसुमुसु हासिदेउँ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटियाको ६९ वर्षकाे उमेरमा लन्डनमा निधन भएको छ ।

हिमालय ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटिया सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका थिए ।

Advertisement

उनलाई केहि वर्ष अगाडी घाँटीको क्यान्सर भएको थियो ।

बेलायती सैनिक समेत रहेका भुटियाले सन् १९७२-७३ तिर साथीहरुसँग मिलेर हिमालय ब्यान्डको स्थापना गरेका थिए । ‘मुसुमुसु हासिदेउ न लैलै’ गित चर्चित रहे पनि उनलाई नेपाली श्रोतामाझ चर्चा दिने पहिलो गित ‘गाजलुले आँखे छोप्ने’ रहेको थियो ।

Advertisement

पछि ‘मुसुमुसु हाँसीदेउ’ गीत हिन्दी अनुवाद गरि गायक शानले गाएका थिए ।

तपाईको प्रतिक्रिया