गोरखा नगरपालिकामा ४ करोड राजश्व

समाधान संवाददाता २०७६ साउन २१ गते १३:५४

मोहसिन अली मियाँ
गोरखा

गोरखा नगरपालिकाले गत आर्थिक वर्षमा ४ करोडभन्दा बढी आम्दानी गरेको छ । नगर क्षेत्रभित्र रहेका १४ वटा वडामध्ये वडा नम्बर ६ ले सबैभन्दा बढी राजश्व संकलन गरेको छ ।

२०७५÷७६ मा वडा कार्यालयमार्फत ४२ लाख ६ सय ८४ रुपैयाँ आन्तरिक राजस्व उठृको छ । एकीकृत सम्पत्ती कर, सबै प्रकारका सिफारिस दस्तुर, घरबहाल कर, नाता प्रमाणित कर लगायतका बिभिन्न करमार्फत ६ नम्बरले १४ वटा वडामध्ये सबैभन्दा बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । अधिकांश सहरी क्षेत्र र जनसंख्या बढी भएकाले राजस्व धेरै उठेको नगर प्रमुख राजनराज पन्तले बताए ।

Advertisement

दोस्रोमा वडा नम्बर ८ छ । ८ ले ३० लाख ३ सय ८७ रुपैयाँ आय गरेको छ । वडा नम्बर १० ले १९ लाख २० हजार ४ सय ४२ रकम संकलन गर्दै तेस्रो भएको छ । १७ लाख ७९ हजार ३ सय ९३ रुपैयाँ आन्तरिक आय गरेको १० नम्बर वडा कार्यालय चौथोमा छ । यस्तै वडा नम्बर ११ ले ११ लाख ५२ हजार ९ सय २५ रुपैया आन्तरिक राजश्व संकलन गरेको छ ।

११ लाख ४१ लाख रुपैया संकलन गर्दै वडा नम्बर ९ छैटौ नम्बरमा परेको छ । १२ नम्बर वडाले ९ लाख ५२ हजार ८ सय ४८ आन्तरिक आय गरेको छ भने ५ ले ९ लाख ३१ हजार ४४ रुपैया संकलन गरेको तथ्यांक छ । ८ लाख ६ हजार ५ सय २२ रुपैयाँ राजस्व संकलन गर्दै वडा नम्बर ३ नवौं नम्बरमा परेको छ भने १० नम्बरले ५ लाख ४४ हजार ८ सय ८८ रुपैयाँ आन्तरिक आय गरेको बताइएको छ ।

Advertisement

४ लाख ८४ हजार ८ सय ७४ रुपैया राजश्व संकलन गर्दै वडा नम्बर १३ एघारौं नम्बरमा छ भने वडा नम्बर १४ ले ४ लाख ८४ हजार १ सय ९६ रुपैयाँ आय गरेको जनाएको छ । २ वडामा बाँडिएको साविकको ताप्लेमा सबैभन्दा कम राजश्व संकलन भएको छ । १ मा ४ लाख ५० हजार ४ सय ५६ उठेको छ भने सबैभन्दा पुछारमा वडा नम्बर २ ले जम्मा ४ लाख २ हजार १ सय ४० रुपैयाँ उठाएको छ ।

१ वर्षमा गोरखा नगरपालिकामा ४ करोड ६ लाख १५ हजार २ सय ४ रुपैयाँ आन्तरिक आम्दानी भएको छ । यसमा वडामा संकलन भएको राजस्वसमेत छ । गत असारमा मात्रै ४७ लाख २८ हजार ६ सय ८३ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकामा अन्य दस्तुरबाट १ करोड २६ लाख २ सय, अन्य सेवा शुल्कबाट ३३ लाख ५ सय, घरबहाल कर १२ लाख ३५ हजार २ सय ५० उठेको नगरपालिकाका लेखा अधिकृत प्रकाश थापामगरले बताए ।

नक्सापास दस्तुरबाट २ लाख ३४ हजार ७ सय ८, नाता प्रमाणित दस्तुरबाट ४७ हजार १ सय ३०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ५ सय राजश्व उठेको छ । व्यवसाय राजिस्ट्रेसन दस्तुरमा ३ लाख ७९ हजार २ सय उठाएको कार्यालयले सम्पत्ति करबाट १० लाख २५ हजार २ सय १५, सरकारी सम्पत्ति वहालबाट ४ लाख ६६ हजार २ सय ३३ रुपैयाँ आय गरेको लेखा अधिकृत थापामगरले बताए ।

तपाईको प्रतिक्रिया