क्विक्स कप वल्ड क्यापिटललाई

समाधान संवाददाता २०७६ साउन २१ गते १४:१३

समाधान संवाददाता
गोरखा

क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि द वल्ड क्यापिटल माध्यमिक विद्यालयले जितेको छ । सोमबार गोरखा बजार स्थित खेलकुद मैदानमा भएको फाइनलमा गोरखा नगरपालिका ४ स्थित सरस्वती माविलाई १–३ गोल अन्तरले हराउँदै वल्ड क्यापिटलले उपाधि उचालेको हो ।

उसले नगद १५ हजारसहित ट्राफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको सरस्वती माविले नगद ७ हजार ५ सयसहित मेडल पायो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले विजयी टिमलाई पुरस्कार वितरण गरे ।

Advertisement

गोरखा जिल्ला फुटबल संघको आयोजनामा १४ गतेदेखि भएको प्रतियोगितामा पहिलो बनेको ओल्ड क्यापिटलले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउने भएको संघका उपाध्यक्ष आनन्द गुरुङ (काजी) ले बताए । १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वल्ड क्यापिटलकै सिसान्त परियार घोषित भए ।

संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पन्तले खेलकुद विकासका लागि नगरपालिकाले बिभिन्न योजना ल्याएको बताए । उनले यसै वर्ष गोल्ड कप आयोजना गरिने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया