भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

समाधान संवाददाता २०७६ साउन २२ गते ११:४५

समाधान संवाददाता, काठमाडाैं

भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।

उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे ।

Advertisement

२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् ।

उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।

Advertisement

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया