काजिमान हरिटीकामा लुम्बिनीको टयांकी

समाधान संवाददाता २०७६ साउन २२ गते १३:०८

समाधान संवाददाता
पोखरा

लुम्बिनी विकास बैंकले स्याङ्जाको कुमालगाउँस्थित काजिमान हरिटीका माविमा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले १ हजार ५ सय लिटर क्षमताका ट्यांकी प्रदान गरिएको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष शुशीलराज पराजुलीले प्रधानाध्यापक ओमप्रकाश शर्मालाई ट्यांकी हस्तान्तरण गरेका हुन् । अध्यक्ष पराजुलीले बैंकले जीवन उपयोगी शिक्षाको ज्योति फैलाउँदै समग्र देशको समुन्नतिका लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बताए । बैंकले देशभर ६५ शाखा र १३ वटा एटिएमका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत सेवा दिइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया