पञ्चासेमा गोपाल गुरुङ स्मृति पार्क

समाधान संवाददाता २०७६ साउन २२ गते १५:४३

समाधान संवाददाता
पोखरा

ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र पञ्चासेको संरक्षण र प्रवद्र्धनका अभियन्ता गोपाल गुरुङ अर्थात् ‘पञ्चासे पिता’ को स्मरणमा पञ्चासेमा पार्क निर्माण गरिने भएको छ ।

समाजसेवी तथा पर्वतको साविक आर्थर डाँडाखर्क गाविसका पूर्व अध्यक्ष गुरुङको १३ औं पुण्यतिथिका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनको स्मरणमा पञ्चासेमा पार्क बनाउने घोषणा गरिएको हो । आर्थर डाँडाखर्क कोने परिवार पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा माछापुच्छे« विकास संघका कार्यवाहक अध्यक्ष रामकाजी गुरुङले पञ्चासे पिता गुरुङलाई गुरु बनाएर काम गरेको बताए । ‘पञ्चासेको संरक्षण गरी विश्वभर चिनाउन गुरुङको योगदान रहेको छ,’ उनले भने, ‘उहाँको स्मरणमा पञ्चासेमा पार्क निर्माण गर्ने योजना अघि सारेका छौं ।’

Advertisement

माछापुच्छ्रे विकास संघका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक दिलबहादुर गुरुङले कास्की, स्याङ्जा र पर्वतलाई समेटेर बनाइएको पञ्चासे क्षेत्र विकास समितिको अगुवाईमा गोपाल गुरुङको स्मरणमा पार्क बनाउने बताए । प्रकृतिप्रेमी र संरक्षणकर्मी गुरुङ समितिका अध्यक्षसमेत भइसकेकोे जानकारी दिँदै उनले गुरुङले पञ्चासेको एकीकृत विकास र गुरुयोजना निर्माणमा योगदान रहेको उल्लेख गरे । ‘समाजसेवी गुरुङ फुर्सद हुने बित्तिकै एक्लै पञ्चासे पुग्ने, बाटो बढार्नेदेखि प्रकृति र वन्यजन्तुको संरक्षणमा लाग्थे,’ उनले भने, ‘पञ्चासे संरक्षण र विकास, पर्यटन प्रवद्र्धनका दृष्टिले सबैको लागि खुला पाठशाला भएको छ । प्रकृतिको अध्ययन थलो भएको छ ।’

नेपाली कांग्रेसका नेता तथा जिविस पर्वतका पूर्व उपसभापति राम शर्माले पञ्चासे परियोजना चलाउनुभन्दा अघि ३ जिल्लाको वनको विवाद मिलाउन गुरुङको योगदान महत्वपूर्ण रहेको जानकारी दिए ।

Advertisement

पोखराका उपमेयर मञ्जुदेवी गुुरुङले पञ्चासेलाई पर्यटकीय गन्तव्य बनाउन आर्थर डाँडाखर्क क्षेत्रको विकास र समाजप्रति उनले गरेको योगदान सदाको लागि अमूल्य भएको बताइन् ।

कार्यक्रममा आर्थर डाँडाखर्क कोने परिवार पोखराका अध्यक्ष हितमान गुरुङ, प्रमुख सल्लाहकार शेरबहादुर गुरुङ, पञ्चकोशी आर्थर डाँडाखर्क तमु समाजका अध्यक्ष कमल गुरुङ, भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष खड्ग रानाभाट, पदमबहादुर गुरुङ, इञ्जिनियर देउकाजी गुरुङ, नेपाल पञ्चधाम पञ्चासेका अध्यक्ष नीरविक्रम पौडेल, बौद्ध धर्मगुरु मीन गुरु, पञ्चकोशी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पत्रकार दुर्गाप्रसाद शर्मा, माछापुच्छ्रे विकास संघका कोषाध्यक्ष भीमप्रसाद गुरुङ, पञ्चासे क्षेत्र विकास समिति महासचिव अर्जुनकुमार पौडेल, परिवारका चिजकाजी गुरुङ, पदमबहादुर गुरुङ लगायतले गोपाल गुरुङको योगदान बारे बोलेका थिए ।

कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा जन्मेका गुरुङको ६३ वर्षको उमेरमा साउन ९ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया