खेलाडी र प्रशिक्षकलाई मोटरसाइकल

समाधान संवाददाता २०७६ साउन २२ गते १५:५३

समाधान संवाददाता, पाेखरा

खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको स्पोर्टस् अवार्डका विजेता पोखरेली खेलाडी र प्रशिक्षकलाई पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको छ । पोखरामा बजाज शोरुमा सोमबार इच्छाशक्ति अटोमोबाइल्सका सञ्चालक इच्छामान बुद्धाचार्यले उक्त अवार्डमा उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित प्याराग्लाइडिङका युकेश गुरुङ र उत्कृष्ट प्रशिक्षक योगेश भट्टराईलाई पल्सरको एनएस मोटरसाइकल हस्तान्तरण गरे ।

उनले खेलाडीको आत्मबल बढाउन ४ वर्षदेखि बजाजले खेलकुद क्षेत्रमा सहकार्य गर्दै आएको बताए । प्रशिक्षक भट्टराईले पदक पाउन गरेको मेहनत र जित्दाको खुसीबारे आफ्नो अनुभव सुनाए ।

Advertisement

खेलाडी गुरुङले अवार्डले आफूलाई अन्तर्राष्ट्रिय पदकका उत्साह थपेको बताए । नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष केशव पाठककले एसियाली खेलकुदमा पहिलो ऐतिहासिक रजत पदक जित्न सफल भएकोमा खुसी व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्चले गएको असार १७ गते काठमाडौंमा गरेको पल्सर स्पोर्टस् अवार्ड आयोजना गरेको थियो । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रसकन्ट्रीतर्फ महत्वपूर्ण रजत पदक जित्दा १८ वर्षीय युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । टीमको प्रशिक्षण योगेशले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया