पासो लगाई २३ वर्षीय युवकले गरे आत्महत्या

समाधान संवाददाता २०७६ साउन २२ गते १६:२३

सुन्दरकुमार थकाली, मुस्ताङ

स्ताङको थासाङ –२ नाउरिकोट निवासी एक यूवाले मंगलवार राति आत्महत्या गरेका छन् । सवारी चलाउन सिक्ने उद्देश्यले आफ्नै मामाको डेरा जोमसोम एयरपोर्टमा बस्दै आएका २६ वर्षिय मनोज भन्ने सरोज परियारले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

नाउरिकोट घरभएपनि मृतक यूवाको जोमसोम एयरपोर्टमा आफन्तहरुले व्यवसायी गरेर बस्दै आईरहेको र उनी पनि आफन्तकै आश्रयमा शीप सिक्ने उद्देश्ले बसेका थिए । मामा हिक्तम नेपालीले उनलाई गाडी सिकाएर दक्ष बनाउने प्रयासमा डेरामै राख्ने गथ्र्ये ।

Advertisement

मामासंगै बसेर गाडी सिक्दै गरेका परियार र मामा गाडी लिएर ठिनी गई फर्किने क्रममा मृतक भान्जालाई हातसाफी गर्न दिए । गाडी लिएर मामा भान्जा दुवै घर फर्किए । गाडी थन्याएर एक्कासी बाहिर निस्किएका भान्जा बेलुकी ७ बजे मामाको डेरा फर्किए । मदिरा सेवन गरी घर फर्किएका मामा माईजुले सम्झाई बुझाई गरे । मामा र माईजुले सम्झाई बुझाई गरेपछि मामाको डेराबाट बाहिरिए ।

मामाले पटक पटक फोन गरे, फोन उठेन । भान्जाले फोन नठाएपछि मामा माईजु खाना खाई सुते । भोलीपल्ट बुधवार ओम शान्तिको प्रार्थनामा आएका मानिसले आँगनमा हल्लाखल्ला गरे । मामाकै डेरा अगाडीको कोठामा मृतक परियारले टेलिफोनको तारले पासो लगाई झुन्डिएको प्रहरीको अनुसन्धानले बताएको छ ।

Advertisement

घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धानकार्य पूरा गरी पोष्टमार्टमका लागि जोमसोम अस्पतालमा पठाईएको सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया