हिमाली काखमा रम्दै सत्गुरु

समाधान संवाददाता २०७६ साउन २२ गते १६:२७

एसके थकाली, मुस्ताङ

दक्षिण भारतका चर्चित सत्गुरु जगदिश वासुदेव आफ्ना ४९ जना शिष्यसहित मंगलवार हिमालपारीको जिल्ला मुस्ताङ आएका छन् । भारतको कोईम्वुटुर सहरमा ईशा योगा सेन्टर संञ्चालन गरेका सत्गुरु वासुदेव कैलास मानसरोवर जाने क्रममा मुस्ताङ आएका हुन् ।

चिनको तिव्वतमा पर्ने माव सरोवर ४ हजार ५ सय ९० मिटर उचाईमा अवस्थित छ । त्यहाँको हाईअल्टिच्यूट थेग्ने उद्देश्यले सत्गुरु सहित उनको शिष्य टोली मुस्ताङ आएको हो । टोलीमा अमेरिका, चाईना, लेवनान र भारतका शिष्य सहभागी छन् । सत्गुरुको मानसरोवर सहित ३ हप्ताको बसाई रहने कर्णाली ट्रेडका ट्रेकिङ अगुवा टंक दुवाडीले जानकारी दिए । सत् गुरु वासुदेवलाई प्राकृतिक हिमाल र पहाड औधि मन पर्ने गर्छ ।

Advertisement

हिमाली काखको सुन्दर र आनन्दमय क्षत्रछायामा बसेर उनले शिष्यहरुलाई विभिन्न ध्यान योग, अन्तरक्रिया र प्रवचन दिने ट्रेकिङ अगुवा दुवाडीले उल्लेख गरे । हेलिकोप्टर मार्फत सिधै थासाङको कालोपानी ओर्लिएका सत्गुरु वासुदेवको टोलीले उक्त क्षेत्रको नाउरिकोट ,टिटी ताल र कालोपानी लगायतमा ६ दिन बिताउने उनले जानकारी दिए । आध्यामिक चिन्तनका धनी भारतीय सत्गुरु वासुदेवका प्रवचन उक्तिकै तार्किक हुने दुवाडीले खुलाए । सत्गुरुले ईमेल ईन्जिनीयररिङ प्रोग्राम चलाउदै आएका छन् ।

देश –विदेशमा उनको हजारौ शिष्य समर्थक रहेको दुवाडीको भनाई छ । सत् गुरु वासुदेवका थुप्रै आध्यामिक प्रवचनहरु युटुवमा अपलोड भएका छन् । मुस्ताङको थासाङ ३ कालोपानीमा सत्गुरुको त्रिपाल टाँगेर बसेको केही झलकहरु ।

Advertisement

तपाईको प्रतिक्रिया