स्वास्थ्य परीक्षण गर्न सिंगापुर गएका प्रम ओली शुक्रबार स्वदेश फर्किदै

समाधान संवाददाता २०७६ साउन २३ गते १२:०४

समाधान संवाददाता, काठमाडाैं

उपचारको सिलसिलामा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ ।

सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो ।

Advertisement

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए । 

सरकारले यसअघि नै ओलीको स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लागेको खर्च उनी आफैंले व्यहोर्ने जानकारी गराइसकेको छ ।

Advertisement

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया