मेडिसिटी र लेखनाथ सिटी हस्पिटलको सम्झौता

समाधान संवाददाता २०७६ साउन २३ गते १२:५२

समाधान संवाददाता, पोखरा

अन्तर्राष्ट्रिय स्तरको नेपाल मेडिसिटी हस्पिटल र पोखरा २६ बुढीबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलबीच सम्झौता भएको छ । नेपाल मेडसिटीका महाप्रबन्धक विजय रिमाल र लेखनाथ सिटीका निर्देशक सुजन रानाभाटले सम्झौतामा हस्ताक्षर गरे ।

पोखरा आसपासका बिरामीलाई अझै उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न नेपालकै ठूलो र उत्कृष्ट हस्पिटलसँग सम्झौता गरेको लेखनाथ सिटीका निर्देशक उदीपराज ढुंगानाले बताए । सम्झौता अनुसार लेखनाथ सिटीले ७५० शैड्ढयासहित सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मेडिसिटी हस्पिटलको प्राविधिक तथा अन्य सम्पूर्ण सहयोग प्राप्त गर्नेछ । हरेक महिना नेपाल मेडिसिटीका सुपर स्पेस्लिस्ट डाक्टरले लेखनाथ सिटी हस्पिटलमा आएर बिरामी जाँच गर्नेछन् । बिभिन्न क्याम्पहरुमा पनि मेडसिटी हस्पिटलका डाक्टर, प्राविधिक र अन्य आवश्यक टिमले लेखनाथ सिटी हस्पिटलमै आएर बिरामीको सेवा गर्नेछन् । अत्यन्तै जटिल मानिने हिप तथा घुँडाको अप्रेसन पनि लेखनाथ सिटी हस्पिटलमा अब सम्भव हुने भएको छ ।

Advertisement

लेखनाथ सिटी हस्पिटलका निर्देशक सञ्जय कार्कीले भने, मेडिसिटी हस्पिटलको समन्वयमा लेखनाथ सिटी हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत व्यवस्था गरिएको छ यो व्यवस्थाले गण्डकी क्षेत्रका बिरामीहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ ।

नेपाल मेडसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले पोखरा र आसपासका क्षेत्रहरुमा सेवा दिने उद्देश्यले युवा व्यवसायीद्वारा सञ्चालित लेखनाथ सिटी हस्पिटल पार्टनर हस्पिटलको रुपमा नेपाल मेडसिटी हस्पिटलसँग सहकार्य गर्दा गण्डकी प्रदेशका बिरामीहरुलाई स्वास्थ्य सेवामा अझ पहुँच बढ्ने विश्वास व्यक्त गरे ।

Advertisement

अब बिरामीले नेपाल मेडिसिटी हस्पिटलमा डाक्टरको टिकट तथा अन्य सुविधाका लागि सिधै लेखनाथ सिटी हस्पिटलबाट नै बुकिङ गर्ने सक्नेछन् । लेखनाथ सिटी हस्पिटलमा डा. विद्याभूषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घन्टा, इमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टिस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घन्टा आकस्मिक सुविधा र अन्य सम्पूर्ण विशेषज्ञ सेवाहरुसहित सञ्चालित छ ।

तपाईको प्रतिक्रिया