घाँटीबाटै सिक्री चोरी

समाधान संवाददाता २०७६ साउन २३ गते १३:२४

समाधान संवाददाता
पोखरा

पोखरा १२ शीतलादेवी नजिकै बुधबार बेलुकी १ महिला लुटिएकी छन् । स्थानीय ६५ वर्षीय ओमकुमारी गुरुङले पैदलयात्रा गरेका समयमा घटना भएको हो । उनले घाँटीमा लगाएको साढे २ तोलाको सिक्री मोटरसाइकलमा आएकाले चोरेर भागेको गुरुङको बयान छ ।

घटना भएको ठाउँमा वृद्धाहरुमात्र भएका चोरीमा प्रयोग भएको मोटरसाइकलको कम्पनी र नम्बर नखुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक थापा केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया