बाख्रापालकलाई पाेखरा महानगरको अनुदान

समाधान संवाददाता २०७६ साउन २३ गते १४:०३

समाधान संवाददाता
पोखरा

पोखरा २८ का बाख्रापालक किसानलाई व्यवसाय व्यवसायिक बनाउन महानगरपालिकाले अनुदान दिएको छ । यहाँ ५० बाख्रापालकलाई जनही ४० हजारका दरले २० लाख रुपैयाँ महानगरले वितरण गरेको हो ।

स्थानीय व्यावसायिक बाख्रापालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यालय २८ मा आयोजित कार्यक्रममा बुधबार मेयर मानबहादुर जिसीले अनुदान वितरण गरेका हुन् । उनले अनुदान जीवन स्तरको गर्जो टार्नेमात्र नभई कृषकलाई व्यावसायिक बनाउनसमेत उपयोगी हुने विश्वास व्यक्त गरे ।

Advertisement

वडा नं. २८ का वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकलाई व्यावसायिकतातर्फ उन्मुख गराउन अनुदान रकम वितरण गरिएको बताए । स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत अनुदान फलदायी हुने उनको भनाइ छ ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकका लागि अनुदान वितरण कार्यक्रम सकरात्मक सुरुवात भएको बताए । उनले पशु सेवासँग सम्बन्धित अरु कार्यक्रम आगामी दिनमा जारी रहने बताए । व्यावसायिक बाख्रापालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकलाई अनुदान वितरण गर्ने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया