भ्रमण वर्ष प्रवद्र्धनमा युवा

समाधान संवाददाता २०७६ साउन २३ गते १४:२३

समाधान संवाददाता, पोखरा

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवा स्वतःस्फूर्त यसको प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्रर्‍याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रम गर्ने भएको छ ।

क्लबले भ्रमण वर्षको सन्दर्भमा १ दिने पदयात्रा गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तूपसम्म गरिएको पदयात्रामा करिब ३० जना युवा सहभागी थिए । नेपालको राष्ट्रिय झण्डासहित भएको पदयात्रामा युवाले भ्रमण वर्षको पोस्टर तथा पर्चा वितरण गरेको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।

Advertisement

पदयात्राका क्रममा रानीवनमा क्लबको नियमित बैठकसमेत भएको छ । अध्यक्ष युदीप सुवेदी क्षेत्रीले नेपालमा पर्यटकको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढी लाभ मिल्ने हुनाले यसको प्रवद्र्धनमा लागेको बताए ।

क्लबले आगमी दिनमा यस्ता पदयात्रा निरन्तर गर्ने, क्लबका सदस्यले सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने, क्लबका सबै कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने, देशका विभिन्न ठाउँ र विदेशमा समेत कार्यक्रम गर्ने तयारी गरेको छ । क्लबका नियमित प्रकाशनहरुमा समेत नेपाल भ्रमण वर्षका बारेमा जानकारी समावेश गरिएको सचिव रोशनी विश्वकर्माले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया