सडक डिभिजन पोखराका इन्जिनियर पक्राउ

समाधान संवाददाता २०७६ साउन २४ गते १२:३३

समाधान संवाददाता, पोखरा

डिभिजन सडक कार्यालय पोखराका सिनियर डिभिजन इन्जिनियर हरिप्रसाद पोखरेल पक्राउ परेका छन् । स्रोत नखुलेको ९ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले पोखरेलसहित ५ जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा इन्जिनियर पवित्रपणि आचार्य, ठेकेदार कम्पनीका ऋषि गौतम र सडक डिभिजन कार्यालय पोखरा २ जना भान्से छन् । सो रकम विन्ध्यवासिनी हरिचोक सडक निर्माणको जिम्मा पाएका ठेकेदारबाट पोखरेलले लिएको अख्तियार स्रोतले जनाएको छ । यो सडक निर्माणको यही असार मसान्तमा सम्झौता भएको थियो ।

Advertisement

काठमाडौं रहेका पोखरेल यही रकम लिनका लागि बुधबार राति पोखरा आएका थिए । रकम लिएर बिहीबार राति नै काठमाडौं फर्किने उनको योजना रहेको बुझिएको छ । ठेकेदारसँग लिएको रकम पोखरेलले आफ्ना भान्सेलाई दिएका थिए । पोखरेलका भन्सेले फेरि रकम कार्यालयका लेखापालका भान्सेलाई राख्न दिएको स्रोतले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । पोखरेल यसअघि पनि रकम लिएको अभियोगमा निलम्बनमा परेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया