लाहाचोकमा लागु औषध नियन्त्रण सचेतना

समाधान संवाददाता, पोखरा
सामुदायिक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छ्रे गाँउपालिका–४ लाहाचोकमा अवस्थीत महेन्द्र माविमा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले कार्यक्रम फलदायी हुनु पर्ने बताउँदै अपराधको मुख्य कारण भनेको लागुऔषध भएको बताए । कार्यक्रमका विशेष अतिथि विद्यालयका प्राचार्य गोविन्द अधिकारीले कार्यक्रम आयोजना गरेकोमा सेवा केन्द्रलाई धन्यवाद दिँदै विद्यार्थीलाई सचेत बनाउन अभिभावकको मुख्य भूमिका रहने बताए । प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० मा वअध्यनरत ७५ विद्यार्थीको सहभागिता थियो । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक वसन्त बास्तोलाले र सञ्चालन महासचिव उत्तम जोशीले गरेका थिए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक वसन्त बास्तोलाले र सञ्चालन महासचिव उत्तम जोशीले गरेका थिए ।
तपाईको प्रतिक्रिया