गोरखाका २ गाँउपालिकामा अझै पुगेन बिजुली

समाधान संवाददाता २०७६ साउन २४ गते १२:५७

मोहसिन अली मियाँ
गोरखा

गोरखाका ११ स्थानीय तहमध्ये २ गाउँपालिकामा अझैसम्म केन्द्रीय विद्युत पुग्न सकेको छैन । जिल्लाको उत्तरी विकट मानिने धार्चे र चुमनुब्री गाउँपालिकामा अहिलेसम्म पनि केन्द्रीय लाइन विस्तार हुन नसकेको हो ।

केही ठाउँमा स्थानीय लघु जलविद्युत आयोजना सञ्चालन भए पनि धेरै स्थान अझै अन्धकारमै छन् । भौगोलिक रुपमा विकट मानिने यी गाउँपालिकामा विद्युत विस्तारका लागि यसअघि बजेट आए पनि काम हुन नसकेको नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले बताएको छ । ‘२ स्थानीय तहमा अहिलेसम्म पनि केन्द्रीय लाइन पुगेको छैन’, प्राधिकरणका गोरखा प्रमुख माधव न्यौपानेले भने, ‘भूगोल नै त्यस्तै छ, विद्युतीकरण गर्नभन्दा ढुवानी खर्चिलो छ । सानो तिनो बजेटले त्यहाँ लाइन पुर्‍याउनै सकिने अवस्था छैन ।’ यस वर्ष धार्चेको लाप्राक हुँदै गुम्दासम्म लाइन पुर्‍याउने लक्ष्य कार्यालयले राखेको छ ।

Advertisement

२ नगरपालिका र ५ गाउँपालिकामा मात्रै केन्द्रीय विद्युत लाइन पूर्ण रुपमा पुगेको छ । पालुङ्टार, गोरखा नगरपालिका, सहिद लखन, आरुघाट, गण्डकी, सिरानचोक र भीमसेन थापा गाउँपालिका अन्य ४ तहको तुलनामा भौगोलिक रुपमा केही सुगम भएकाले सबै वडामा केन्द्रीय लाइन पुगेको छ भने वारपाक सुलिकोट र अजिरकोटमा आंशिकमात्रै विद्युतीकरण भएको छ । ‘अघिल्लो वर्षदेखि गाउँ गाउँमा लाइन विस्तार भइरहेको छ’, प्रमुख न्यौपानेले भने, ‘सुलिकोट र अजिरकोटमा आंशिक भएको अवस्थामा छ । गोरखा र पालुङटारसहित अरु ७ स्थानीय तहमा लगभग पूर्ण विद्युतीकरण भएको छ ।’

२०७५÷७६ मा अजिरकोट र वारपाक सुलिकोट गाउँपालिका लगायतमा गरी झण्डै १ हजार २ सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ । अजिरकोटको भच्चेकमा २ सय, सिमजुङमा ३ सय र हंसपुरका ४ सय घरधुरीमा लाइन पुगेको प्राधिकरणले जनाएको छ । वारपाक सुलिकोटको सौरपानी क्षेत्रका ३ सय घरमा पनि यसै वर्ष लाइन विस्तार भएको हो ।साविकका स्वाँरा, खरिबोट, घ्याच्चोक र वालुवा हुँदै वारपाकसम्म समेत विद्युतीकरणको कामअघि बढेको प्रमुख न्यौपानेले बताए ।

Advertisement

४ हजार नयाँ ग्राहक थपिए
जिल्लामा यस वर्ष ४ हजार ७ जना नयाँ ग्राहक थपिएका छन् । भूकम्पपछि बनेका नयाँ घर, नयाँ लाइन विस्तारका स्थान लगायत गरी सो संख्यामा सेवाग्राही थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यससँगै गोरखामा ४१ हजार ७१ घरधुरीमा केन्द्रीय लाइन पुगेको देखिन्छ । तर लाइन विस्तार भएका केही स्थानका सेवाग्राहीले भने मिटर लैजानै बाँकी रहेकाले तत्काल संख्यामा बढ्न सक्ने प्राधिकरण गोरखाका प्रमुख न्यौपानेले बताए । प्राधिकरणको तथयांकलाई आधार मान्दा ७८ दशमलव ३ प्रतिशत जनसंख्या केन्द्रीय विद्युतीकरणको पहुँचमा पुगेको देखिन्छ ।

गत आर्थिक बर्षमा प्राधिकरण गोरखा शाखाले ९ सय ३५ ग्रहाकलाई निशुल्क मिटर वितरण गरेको जनाएको छ । अति विपन्न, गरिब वर्गलाई वडाको सिफारिसका आधारमा निशुल्क मिटरको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । शुल्क तिर्नुपर्दा १ मिटरको झण्डै २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष जिल्लाका बिभिन्न स्थानमा गरी ५५ वटा ट्रान्सर्फमर थपिएका छन् । भोल्टेज कम भएको, ग्राहकको माग बढेको, नयाँ लाइन विस्तार भएको लगायतका स्थानमा गरी ५५ स्थानमा नयाँ ट्रान्सर्फमर हालिएको प्रमुख न्यौपानेले बताए ।

काठेपोल मुक्त बनाइने
२०७६÷७७ मा जिल्लालाई काठेपोल मुक्त बनाइने भएको छ । बाँकी रहेका झण्डै ७ हजार काठेपोललाई विस्थापित गरी फलामे पोल राख्न प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । यस वर्ष विद्युत लाइन सुदृढीकरणमा लाग्ने योजना बनाएको कार्यालयले पूरा संरचनामा बनेका स्थानसमेत परिवर्तन गर्ने, काठे पोल विस्थापित गर्ने, कालो तार हाल्ने, विद्युतीकिरण नजिकै रहेका रुखका हाँगा काट्ने, चोरी निरुत्साहित गर्ने लगायतका कार्ययोजना अघि सारिएको छ ।

जिल्लामा यस वर्ष ४ हजार ७ जना नयाँ ग्राहक थपिएका छन् । भूकम्पपछि बनेका नयाँ घर, नयाँ लाइन विस्तारका स्थान लगायत गरी सो संख्यामा सेवाग्राही थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यससँगै गोरखामा ४१ हजार ७१ घरधुरीमा केन्द्रीय लाइन पुगेको देखिन्छ । तर लाइन विस्तार भएका केही स्थानका सेवाग्राहीले भने मिटर लैजानै बाँकी रहेकाले तत्काल संख्यामा बढ्न सक्ने प्राधिकरण गोरखाका प्रमुख न्यौपानेले बताए । प्राधिकरणको तथयांकलाई आधार मान्दा ७८ दशमलव ३ प्रतिशत जनसंख्या केन्द्रीय विद्युतीकरणको पहुँचमा पुगेको देखिन्छ ।

गत आर्थिक बर्षमा प्राधिकरण गोरखा शाखाले ९ सय ३५ ग्रहाकलाई निशुल्क मिटर वितरण गरेको जनाएको छ । अति विपन्न, गरिब वर्गलाई वडाको सिफारिसका आधारमा निशुल्क मिटरको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । शुल्क तिर्नुपर्दा १ मिटरको झण्डै २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष जिल्लाका बिभिन्न स्थानमा गरी ५५ वटा ट्रान्सर्फमर थपिएका छन् । भोल्टेज कम भएको, ग्राहकको माग बढेको, नयाँ लाइन विस्तार भएको लगायतका स्थानमा गरी ५५ स्थानमा नयाँ ट्रान्सर्फमर हालिएको प्रमुख न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया