१२१ तुइन हटाइयो

समाधान संवाददाता
काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १ सय ३४ मध्ये १ सय २१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजना अनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए ।
प्रदेश नं १ मा ५, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ । मन्त्रालयले ५ सय झोलुंगे पुलमध्ये ४ सय ९५ वटा निर्माण गरेको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १ सय २, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ ।
मन्त्रालयले १ सय ३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा सडक बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ ।
मन्त्रालयले १ हजार २ सय ३९ किलोमिटर सडकमध्ये ६ सय ५ किलोमिटर बनाएको छ । प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १ सय ७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा १ सय १६, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी निर्माण गरेको हो ।
मन्त्रालयले प्रदेश नं १ मा ९ सय ८६ किमी, प्रदेश नं २ मा १ हजार २ सय किमी, प्रदेश नं ३ मा १ हजार ३५ किमी, गण्डकी प्रदेशमा १ हजार १ सय ५८ किमी, प्रदेश नं ५ मा १ हजार २ सय ५० किमी, कर्णाली प्रदेशमा १ हजार १ सय ४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ किमी सडक मर्मत गरेको छ ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया