विप्लवका अन्नपूर्ण इन्चार्ज वर्खास्त

समाधान संवाददाता २०७६ साउन २५ गते १५:३७

समाधान संवाददाता


विद्रोही नेकपाको अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई पार्टीले वर्खास्त गरेको छ । शुक्रबार विज्ञप्ति निकालेर कास्की इन्चार्ज रुपेशले उनलाई साधारण सदस्यसमेत नरहने गरी वर्खास्त गरेका हुन् ।

परिवर्तन पार्टीका कास्की जिल्ला सदस्यसमेत थिए । उनले पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई बदनाम गरी अहिलेको सत्ताका सामु घुँडा टेकेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया