प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा

समाधान संवाददाता २०७६ साउन २५ गते १५:५३

वीरगञ्ज, रासस ।

प्लास्टिकको चामल बिक्री वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका ११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी २ बोरा चामल नियन्त्रणमा लिएको छ ।

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका आधारमा २ बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

Advertisement

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीको विरुद्धमा उपभोक्ताहरू जागरुक हुनुपर्ने बताए । प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरूले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया