रामबजारमा समर्पण ध्यान केन्द्र सञ्चालनमा

समाधान संवाददाता २०७६ साउन २६ गते १२:२१

समाधान संवाददाता
पोखरा

पोखरा रामबजारमा शनिबारदेखि समर्पण ध्यान केन्द्र सञ्चालनमा आएको छ । प्रत्येक दिन बिहान र साँझ निशुल्क योगा तथा ध्यान गर्न मिल्ने गरी केन्द्र खोलिएको संयोजक तुलसीराम रेग्मीले जानकारी दिए ।

‘समधर्म, समभावका साथ सबै धर्मका अनुयायीले केन्द्रमा ध्यान गर्न पाउनेछन्,’ रेग्मीले भने, ‘ध्यान हामीले प्रोजेक्टरबाट सिकाउनेसमेत व्यवस्था मिलाएका छौं ।’ केन्द्रको उद्घाटन मुस्लिम समाज पोखराका अध्यक्ष हाजी जमाल, बाल शिशु स्याहार क्रिस्चियन फादर पवल केसी, ब्रह्माकुमारी ईश्वरीय विद्यालय, रामबजार प्रमुख ब्रह्मकुमारी गोमा पौडेल, बौद्ध शिक्षा अध्ययन केन्द्र प्रमुख डा. खेम्पो सन्तोष गुरुङ र नर्वदेश्वर मोक्षाश्रम धामका सन्त सचितानन्दले सामूहिक उद्घाटन गरेका हुन् ।

Advertisement

बिहान ६ बजेदखि साढे ६ बजेसम्म र साँझ ७ बजेदेखि साढे ७ बजेसम्मको ध्यान समय मिलाइएको केन्द्रले जनाएको छ । कार्यक्रमको सहजीकरण रमेश गुरुङ, व्यवस्थापन दीनानाथ तिमिल्सिनाले गरेका हुन् भने कार्यक्रमको अध्यक्षता कृष्णदास श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया