बोबाङमा बृद्ध दम्पत्तिको हत्या

समाधान संवाददाता २०७६ साउन २७ गते १३:११

समाधान संवाददाता
बागलुङ

बागलुङको ढोरपाटन नगरपालिका– ८ बोबाङमा वृद्ध दम्पत्तीको हत्या भएको छ । आफ्नै घरमा बस्दै आएका ६८ वर्षीय भानबहादुर कामी र पत्नी ६० वर्षीया बिमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख इन्स्पेक्टर ऋणबहादुर बैदावारले बताए ।

स्थानीयले आइतबार बिहान भानबहादुरको शव घर नजिकै मकै बारीमा र बिमाको शव घरभित्रै राक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना थाहा पाए लगत्तै बिहान सबैरै हिँडेको बुर्तिबाङ प्रहरी टोली १२ बजेपछि मात्रै घटना स्थल पुगेर अनुसन्धान थालेको छ । घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरी हत्या गरेको जस्तो देखिएको र दुवै जनाको टाउकोमा ठूलो चोट देखिएको प्रहरीले जनाएको छ । जिल्लाबाट प्रहरी प्रमुख लगायतको टोली पनि घटनास्थलतर्फ गएको र थप अनुसन्धान भइरहेको बैदवारले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया