अक्करमा प्राकृतिक संग्रहालय

राकेश शर्मा
म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा देउताभीर गुफा छ । विभिन्न आकृतिका मुर्ती देखियो यो गुफामा पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । देवीस्थानको पुछारमा छ वेसी गाउँ । मगरदाङ पनि भनिने यस गाउँको फेदीमा रहेको दाङखोला तरेर १ घण्टा हिडेपछि गुफा पुगिन्छ ।
गुफा कुशल कालिगढले निर्माण गरेजस्तो अनौठो संग्रहालय भएको त्यहाँ पुग्नेहरु बताउँछन् । भीरको बिचमा रहेको गुफाभित्रका अनौठा आकृतिले यहाँ पुग्ने मानिसलाई मोहित गर्ने गरेका छन् । बेनीबाट गुफा हेर्न आएका कमल खत्रीले गुफाको सौन्दर्यले आकर्षित गरेको बताए । गुफाको बाहिरपट्टि रहेका ढोकेका २ वटा प्राकृतिक ढुंगे मूर्तिलाई पूजा गरी ढोकेलाई प्रशन्न गराएपछि गुफाभित्र प्रवेश गर्ने चलन छ । मूर्तिका वरिपरि काला र पुराना चट्टान छन् ।
तर, गणेशको मूर्ती, हात्तीको सुँड र शेषनागको मूर्ति असाध्यै सेतो र चम्किलो चट्टानका छन् । यहाँ पूजा गर्ने समयमा बत्ति बाल्नका लागि प्रयोग गरिने पाला(दियो) पनि प्राकृतिक रुपमा नै बनेका छन् । यहाँ पूजा गर्नुभन्दा अघिल्लो दिन घाम छँदा नै चोखो भएर उपवास बसेर गएमात्र गुफा भित्र छिर्न पाइने पुजारी कर्णबहादुर घर्ती बताउँछन् । ‘यहाँ यसरी पूजा गरेपछि सन्तान हुने विश्वासमा गाउँका सयौँ मान्छे आउँछन्’, घर्तीले भने, ‘यहाँ जेठको पूर्णिमा, जनै पूर्णिमा विशेष पूजा हुन्छ ।’
पर्यटकीय सम्भावना बोकेका गुफाको प्रवद्र्धनका लागि स्थानीय सरकारले पहल थालेको छ । मालिका गाउँपालिकाले गुफाको प्रचारप्रसार र पूर्वाधार विकासका लागि विशेष पहल गरेको जनाएको छ । यसलाई गाउँपालिकको प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको वडाध्यक्ष पिपला बुढामगरले बताइन् ।
पदमार्ग निर्माण
यो गुफालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफासम्म जाने पदमार्गलाई स्तरीय बनाउन थालिएको हो । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो । गाउँपालिकाबाट विनियोजन भएको ५ लाखबाट दाङखोलादेखि तल्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समिति अध्यक्ष कुलबहादुर घर्तीले जानकारी दिए ।
तल्लो थानदेखि गुफासम्म जाने भीर र पाखाको साँघुरो डोरोमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएको १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको छ । गाउँपालिका र प्रदेश सरकारको बजेटबाट ५ सय मिटर पदमार्ग निर्माण गरिएको र अझै ५ सय मिटर पदमार्ग बनाउन बाँकी छ ।
गुफा जाने बाटोमा रहेको अप्ठ्यारो भीरमा १ सय १० मिटर पदमार्गसहित रेलिङसमेत निर्माण भएको अध्यक्ष घर्तीले बताइन् । ‘३ महिनासम्म लगातार काम ग¥र्यौ, तर बजेटको सिमितताले पदमार्ग निर्माण सकिएको छैन,’ उनले भने । पदमार्ग र रेलिङसँगै दाङखोलामा झोलुंगे पुल निर्माण गर्नुपर्ने देखिएको छ । यसअघि भीरमा जोखिमपूर्ण यात्रा गरी गुफामा जानुपर्ने बाध्यता पदमार्ग निर्माण भएपछि हटेको छ । ‘अहिलेसम्म यहाँ आउन चाहने सबै भक्तजन र पर्यटक गुफासम्म नै पुग्न सक्ने अवस्था थिएन । अब सजिलै गुफासम्म आउने सक्ने सुविधा भएको छ’, अध्यक्ष बुढामगरले भनिन् ।’







पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया