साढे दुई लाखसहित जुवा खेल्ने ४० पक्राउ

रासस, पाेखरा
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जनालाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० रूपैयाँ नगदसमेत बरामद गरेको छ ।
पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार १४० रूपैयाँ र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र ६२ हजार ८३५ रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पोखरा ३२ झैरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद ३२ हजार ८१५ रूपैयाँ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० रूपैयाँ र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले बताएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया