बालिका बलात्कारकाे आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

समाधान संवाददाता २०७६ साउन २७ गते १५:१९

समाधान संवाददाता, काठमाडाैं

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शनिबार काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं-१७ का ५२ वर्षीय बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं महानगरमा कुचिकार पदका प्रमुख हुन् ।

Advertisement

पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उनका अनुसार बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पतालमा भएको छ । अहिले उनलाई न्यायिक परामर्शमा राखिएको बोगटीले जानकारी दिए ।

Advertisement

ती बालिका कहाँ की हुन् र पुजारीले कसरी त्यहाँसम्म उठाएर ल्याए भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे प्रारम्भिक चरणकै अनुसन्धान चलिरहेकाले त्यसबारे अहिले बताउन नसकिने जनायो ।


तपाईको प्रतिक्रिया