अमेरिकाले दिएन सन्दीपलाई भिसा

समाधान संवाददाता २०७६ साउन २८ गते १५:१९

समाधान संवाददाता, काठमाडाैं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ ।

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।

Advertisement

सबै कागजात समावेश गर्दागर्दै पनि अमेरिकी दूतावासले आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले उल्लेख गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया