लायन्स क्लबको संयुक्त पदस्थापन

समाधान संवाददाता २०७६ साउन २९ गते १२:४५

समाधान संवाददाता, पोखरा

पोखरामा क्रियाशील लायन्स क्लबहरु मध्ये क्लस्टर नं. १६ अन्तर्गतेका क्लकको संयुक्त पदस्थापन भएको छ । लायन्स क्लब अफ पोखरा फिस्टेल, फिस्टेल सिटी, पोखरा भद्रकाली, पोखरा माछापुच्छ्र‍े, पोखरा डल्फिन, पोखरा शान्ति स्तूप चौतारी, पोखरा मेट्रोसिटी, पोखरा जयलक्ष्मी, पोखरा नर्सेस, पोखरा लामाचौर, गण्डकी स्टेट लगायतका क्लबको पदस्थापन भएको हो ।

कार्यक्रममा एलसिआइएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले सामाजिक सेवामा समर्पित लायन्सले आवश्यकतालाई ध्यानमा दिएर सेवा गर्नु पर्ने बताए । पदस्थापन अधिकृत तथा डिस्ट्रिक गभर्नर इन्दु लम्सालले एकापसमा मिलेर क्लबले यस्तै रचनात्मक काम थालनी गर्न सुझाव दिइन् । सन् ०१८÷१९ का अध्यक्षलाई विदाई र सन् ०१९÷२० का अध्यक्ष लगायत सम्पूर्ण लायनलाई पदस्थापित गराइएको थियो । सभामा नयाँ २ वटा क्लब लायन्स क्लब अफ पोखरा भिजिट र पोखरा भिजनको सुरुआत समेत गरिएको थियो ।

Advertisement

‘नारी तथा युवा सशक्तीकरण’, महिला सम्मान गरिएको सभामा क्लस्टर १६ ले काठमाडा गोलढुंगा जन्मिएका वर्ष १६ का सृष्टि केसीलाई नारी सम्मान गरिएको थियो । कम उमेरमा आँखाको ज्योति गुमाउन पुगेकी संघर्षरत सृष्टि कुशल मोटिभेटर तथा किनोट स्पीकरका रुपमा परिचित छन् । कार्यक्रममा क्लस्टर १६ का क्लस्टर चिफ अर्जुनबहादुर थापाले स्वागत मन्तव्य, रिजन चियरपर्सन विष्णु बरालले सम्मानित व्यक्तित्वको परिचय, जोन चियरपर्सन खेमबहादुर क्षेत्री, खिमलाल बराल र वसन्तराज सिग्देल, जोन चियरपर्सन कालिदास पौडेल र ऋषि गिरी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया