युवा अभियन्ता सुवास सम्मानित

समाधान संवाददाता २०७६ साउन २९ गते १२:५८

समाधान संवाददाता, पोखरा

युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ल सम्मानित भएका छन् । मल्ल रोट्र्‍याक्ट क्लब अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्रर्‍याक्ट जोन ४ को निवर्तमान जेडआरआर मल्ललाई २ दशकदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकामा सम्मान गरेको क्लबले जनाएको छ ।

२०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गरेका मल्ल विभिन्न १४ देशका ३ सय युवालाई भेलागरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा छवि बनाएका छन् ।

Advertisement

नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्यान्ड, रुस, फिनल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया लगायत देशका बारेमा अध्ययन गर्दै आएका उनको २ पुस्तकसमेत प्रकाशित भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया