सकियो यार्तुङ महोत्सवः घोडा दौडमा नामक्या च्याम्पियन

समाधान संवाददाता २०७६ साउन ३१ गते १२:४६

एसके थकाली
मुस्ताङ

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तथा जनप्रिय युथ क्लब पुराङ रानीपौवाको संयुक्त आयोजनामा भएको यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगिता सकिएको छ । लामो दूरी र छोटो दूरी गरी २ समूहमा प्रतियोगिता भएको थियो ।

घोडा दौडको लामो दूरीतर्फ चिम्ले अर्गानिक फार्मका कर्म गुरुङको घोडा दौडाएका नाम्क्या गुरुङ च्याम्पियन भए । वीरबहादुर विक दास्रो र सोनम लामाको घोडा दौडाएका तोप्चेन गुरुङ तस्रो भए । लामो दूरीको घोडा दौड च्याम्पिनले ५० हजार नगद, प्रमाणपत्र र ट्रफी पाए । दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

Advertisement

छोटो दूरीको घोडा दौडको च्याम्पियनमा ल्हाक्पा टसी (धारा ) च्यामिपयन बने । वीरबहादुर विक दोस्रो र राजकुमार विक तेश्रो भए । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित ट्रफी र मेडल पाए ।

साहसिक घोडा प्रतियोगितमा ७ जनाको टोली सहभागी थियो । झारकोटदेखि रानीपौवासम्मको करिब ३ किलोमिटर दूरीमा प्रतियोगिता आयोजना भएको वारागुङका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

Advertisement

यार्तुङ महोत्सवकै अवसरमा भएको सेभेन ए साइड फुटबल तथा परम्परागत तारा खेल (आर्चरी ) प्रतियोगिता पनि बुधबार नै सकिएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा जनमुक्ति युवा क्लब ठिनी च्याम्पियन बनेको छ भने नर्साङ युथ क्लब छुसाङ उपविजेतामै चित्त बुझायो । च्याम्पियन बनेको जनमुक्ति युथ क्लब ठिनीले नगद ५० हजारसहित ट्रफी र मेडल जित्यो भने उपविजेता नर्साङ युथ क्लब छुसाङले नगद २५ हजारसहित ट्रफी र मेडल हात पार्‍यो । प्रतियोगितामा कुल १२ टिम सहभागी थिए ।

तारा खेल (आर्चरी ) प्रतियोगितामा म्याग्दीको दाना युथ क्लब च्याम्पियन बन्यो । ढुम्बा युथ क्लब ढुम्बा र मार्फा सनराइज युथ क्लब दोस्रो र तेस्रो भए । ६ जना खेलाडी सम्मिलित प्रतियोगितामा कुल १५ टिम सहभागी थिए । च्याम्पियन बनेको दाना युथ क्लबले ६५ अंक, ढुम्बा युथ क्लबले ५७ अंक र मार्फा सनराइज क्लबले ५७ अंक जोडेका थिए । बिजेताले क्रमश ५० हजार, ३० हजार र १५ हजारसहित ट्रफी र मेडल प्राप्त गरे ।

तपाईको प्रतिक्रिया