सडक कालोपत्रे योजना शिलान्यास

राकेश शर्मा
म्याग्दी
बेनी दरबाङ सडक खण्डमा मालिका गाउँपालिका अन्तर्गत लाम्पाटा–दरबाङ सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु गरिएको छ । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले योजनाको शिलान्यास गर्दैै काम सुरु भएको जनाएका हुन् । गण्डकी प्रदेश सरकारको १ निर्वाचन क्षेत्र १ नमूना सडक अन्तर्गत मंगला गाउँपालिका र मालिका गाउँपालिकाको सिमाना दुुखुखोला (लाम्पाटा) देखि दरबाङसम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो ।
विरुवा क्याराभान निर्माण कम्पनीले निर्माण गर्न लागेको योजनाकोे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राकोले गुणस्तरीय कामसहित निर्धारित समयमै योजना सम्पन्न हुनै पर्ने बताए । उनले यो योजना निर्माण पछि पश्चिम क्षेत्रको विकासमा ढोका खुल्ने बताए । अध्यक्ष रोकाले निमार्ण कम्पन्नीलाई गुणस्तरमा ध्यान दिन अनुरोध गरे । गाउँपलिका उपाध्यक्ष खरमाया विटालुले योजनाले पश्चिम क्षेत्रका सर्वसाधारणलाई रहेक विषयमा सदरमुकाम बेनीसम्म आउनका लागि सहज हुने बताइन् ।
२२ करोडको लागत अनुमान गरिएको योजनाको काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजन इन्जिनियर ओमराज ढुंगानाले जानकारी दिए । ६ दशमलव ८ किमी रहेको योजना २४ महिनामा सक्ने सम्झौता भएको छ । बेनीदेखि बाबियाचौरसम्म १६ दशमलव २ किमी सडक कालोपत्रे योजना निर्माण सुरु भएको उनले बताए । १ निर्वाचन क्षेत्र १ नमूना सडक अन्तर्गत निर्वाचन क्षेत्र (क) मा ८ किमि गलेश्वर–पिप्ले–भगवती सडकसमेत कालोपत्रे योजना निर्माण सुरु भएको इन्जिनियर ढुंगानाको भनाई छ ।








कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया