पत्रकार पुडाशैनीकाे आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जना पक्राउ

समाधान संवाददाता २०७६ साउन ३१ गते १४:१७

समाधान संवाददाता, काठमाडाैं

पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा प्रहरीले न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भिडियाे बाहिरिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन् ।

पक्राउ परेपछि कडा सुरक्षाबीच पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मध्यरात १ बजे चितवन पुर्‍याइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया