पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित ३ जनालाई म्याद थपका लागि अदालतमा पेश

समाधान संवाददाता २०७६ साउन ३१ गते १५:२२
District Court Chitwan

समाधान संवाददाता, चितवन

पत्रकार सालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

काठमाडौँबाट बिहीबार पक्राउ परेका लामिछाने, कडेँल र अस्मिता कार्कीलाई मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई केहीबेर अघि जिल्ला अदालत चितवनमा लगिएको छ ।

Advertisement

रवि लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरु चितवनमा नाराबाजी गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया