मानविकी संकाय अन्तर्गत मेजर अंग्रेजी र अन्य विषय लिएर ‘प्लस २’ को अध्ययन सुरु गरिसँकेः करिश्मा

समाधान संवाददाता २०७६ साउन ३१ गते १४:३०

समाधान संवाददाता, काठमाडौं

अभिनेत्री करिश्मा मानन्धरले एसइई पछिको अध्ययनका लागि काठमाडौंको किटिनी क्याम्पस रोजेकी छन् । एसइईमा ३ जीपीएसहित उत्तीर्ण करिश्माले यसअघि भनेजस्तै सामुदायिक क्याम्पस नै रोजेकी हुन् ।

मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलबाट एसइई गरेकी करिश्माले अब घर पायक गोदावरी क्षेत्रमा रहेको किटिनीमा औपचारिक अध्ययन अघि बढाउने छिन् । ‘मैले मानविकी संकाय अन्तर्गत मेजर अंग्रेजी र अन्य विषय लिएर ‘प्लस २’ को अध्ययन सुरु गरिसँके,’ करिश्माले भनिन्, ‘मेरो बिहानको क्लास छ । प्राय नियमित कक्षा लिइरहेकी छु ।’ १४ वर्षको उमेरदेखि अभिनयमा होमिएकी करिश्माले पुनः कक्षा ८ बाट औपचारिक अध्ययन प्रारम्भ गरेकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया