पुडासैनी आत्महत्या प्रकरणः रवि, युवराज र अस्मितालाई ५ दिन हिरासतमा राख्न अनुमति

समाधान संवाददाता २०७६ साउन ३१ गते १६:१०

समाधान संवाददाता, चितवन

Advertisement

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो ।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ । आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

कन्सल्टेन्सी चलाएर बसिरहेका पुडासैनीले केही समय लामिछानेले न्युज २४ मा सञ्चालन गरिरहेको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा काम गरेका थिए। त्यसपछि उनी माउन्टेन टिभीमा आबद्ध भएका थिए।

Advertisement

माउन्टेन टिभीमा काम थालेपछि लामिछाने र कँडेलले मानसिक रुपमा यातना दिइरहेकाले आफूले आत्महत्या गरेको पुडासैनीले भिडियोमा बताएका थिए।

तपाईको प्रतिक्रिया