कागबेनीमा फोन र एडिएसल सुरु

समाधान संवाददाता २०७६ भदौ १ गते १२:३५

एसके थकाली
जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा शुक्रबारदेखि आधारभूत टेलिफोन सेवा र एडिएसएल सुरु भएको छ । नेपाल टेलिकम मुस्ताङ शाखाले कागबेनीमा ४८ थान पिएसटिएन टेलिफोन लाइन वितरण गरेको हो ।

नेपाल टेलिकम जोमसोम शाखा तथा टेलिकम क्षेत्रीय निर्देशानालय भैरहवाबाट खटिएको प्राविधिक टोलीले फोन जडान गरेको नेपाल टेलिकम बाथलुङका कार्यालय प्रमुख तथा वरिष्ठ इन्जिनीयर केशव शर्माले जानकारी दिए । ४ दिन लगाएर टेलिफोनको यो प्रविधि जोडिएको हो ।

Advertisement

होटल, विद्यालय, गाउँपालिका, गुम्बा, वित्तीय संस्था, प्रहरी चौकी लगायतलाई प्राथमिकतामा राखेर टेलिफोन वितरण गरिएको छ । टेलिफोन जडानपछि कागबेनीका ६० प्रतिशत स्थानीय टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन् । सेवा प्रवाहपछि स्थानीय तह, वित्तीय संस्था, विद्यालय र सुरक्षा निकायलाई सेवा प्रवाह सहज भएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।

यसअघि कागबेनी र मुक्तिनाथमा (भिटिएस ) मोवाइल सेवा सञ्चालनमा थियो । इन्टरनेट प्रयोग गर्न डाटा लिनुपर्ने वाध्यता थियो । टेलिकमले अफ्टिकल फाइबर यहाँ विस्तार गरिसकेको छ । टेलिकमले निकट भविष्यमै मुक्तिनाथमा पनि यो प्रविधिको टेलिफोन सेवा जडान गर्ने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया