पर्वत अस्पतालमा डायलोसिस सेवा

रामकृष्ण लामिछाने
पर्वत
जिल्ला अस्पताल पर्वतमा डायलोसिस सेवा सञ्चालनको तयारी गरिएको छ । अस्पताल लामो समयदेखि रिफर सेन्टरको उपमा पाएको थियो । गण्डकी प्रदेश सरकारको सहयोगमा डायलोसिस सेवा सुरु गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति र कार्यक्रममार्फत नीतिगत अनुमति दिएपछि डायलोसिस सेवा सुरु गर्ने तयारीमा जुटेको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० लाख बजेटसमेत विनियोजन गरेको छ । उक्त रकमले डायलोसिस कक्षको तयारी तथा व्यवस्थापन मात्र हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीले बताए । विभिन्न संघ, संस्था, निकाय र व्यक्तिको सहयोगमा कम्तीमा ५ वटा डायलोसिस मेसिन व्यवस्था गरी सेवा सुचारु गरिने पहाडीको भनाइ छ ।
यो सेवा सुरु भएपछि मृगौला रोगबाट पीडित र मृगौला प्रत्यारोपण गर्न नसकेकाका लागि ठूलो राहत हुने भएको छ । अहिले पनि मृगौला पीडितले डायलोसिस सेवा लिन अन्य जिल्लामा जानुपर्ने र धेरै दिन पालो कुर्नुपर्ने समस्या छ । पर्वतमा यो सेवा सुरु भएपछि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा लाभान्वित हुने भएका छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया