यातायात स्वतन्त्र मजदुर संगठनमा विष्णु

समाधान संवाददाता २०७६ भदौ २ गते १२:२४

समाधान संवाददाता
पोखरा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षमा विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा तिलबहादुर विक, सचिवमा नारायणप्रसाद रिमाल, महिला सचिवमा धनुमाया दाहाल, शिक्षा सचिवमा डिल्लीराम भट्ट र आर्थिक सचिवमा डिलबहादुर तुलाधर (राजु ) चयन भएको निर्वाचन आयोगका प्रमुख नवराज घिमिरेले जानकारी दिए ।

प्रदेश कमिटीको सदस्यहरुमा भानुभक्त सुवेदी, बेलबहादुर केसी, बालकृष्ण पोखरेल, वशन्त बराल, भरतबाबु बोगटी, मदन गुरुङ, तेजबहादुर सुवेदी, चूडामणि शर्मा पोखरेल, पित्मबहादुर पौडेल, केशव खतिवडा र दीपक रोकामगर छन ।

Advertisement

यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीले गत कार्यकालमा ५ हजार ६ सय ५० नयाँ सदस्य बनाउने लक्ष्य लिएकोमा ४ हजार ८ सय १९ सदस्य थपेको अध्यक्ष खत्री क्षेत्रीले जानकारी दिए । उनले आगामी कार्यकालमा ६ हजार नयाँ सदस्य बनाउने घोषणा गरे । ‘समृद्धिको लागि श्रमशक्तिको सुरक्षा, यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता’ भन्ने नाराका साथ अधिवेशन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया