ला ग्रान्डीमा नेपाली अर्थतन्त्रबारे विमर्श

समाधान संवाददाता २०७६ भदौ २ गते १३:४०

समाधान संवाददाता
पोखरा

पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्रान्डी इन्टरनेसनल कलेजको आयोजनामा शनिबार गोष्ठी भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं विश्व बैंकका पूर्व वरिष्ठ अर्थविद डा. स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले नेपाली अर्थतन्त्रबारे विचार प्रस्तुत गरे ।

२ सत्रमा आयोजना गरिएको गोष्ठीको पहिलो सत्रमा पूर्व उपाध्यक्ष डा.वाग्लेले नेपालको अर्थ व्यवस्था, इतिहास र विश्व अर्थ व्यवस्थामा नेपालको स्थानका बारेमा प्रकाश पारे । दोस्रो खण्डमा उनले नेपाली अर्थतन्त्रको लक्ष्य, हालको अवस्था, विकासका संवाहकका खम्बा र जोखिमका बारेमा प्रकाश पारे । उनले नेपालका आर्थिक विकासका लागि असल नेतृत्वसँगै नीति नियम र अन्तराष्ट्रिय सम्बन्ध आवश्यक रहेको बताए ।

Advertisement

डा. पौडेलले नेपालमा उद्यमशीलताको विकास गर्ने तरिका, गरिबी निवारण, सिर्जनशीलता विकास गर्न राज्यको भूमिकाबारे जानकारी गराए । कार्यक्रमको दोस्रो सत्रमा स्रोतव्यक्तिसँग बहस तथा अन्तक्र्रियासमेत भएको थियो । कलेजका संस्थापक अध्यक्ष देवराज चालिसे तथा गण्डकी विकास बैंकका सहायक सिइयो तारानाथ लम्सालले यसबारे छलफल गरे । चालिसेले सबै विद्यार्थीलाई युवा अर्थशास्त्रीको जीवनबाट केही सिक्न सुझाव दिए ।

विद्यार्थीले व्यापार विश्वव्यापीकरण, नेपाली अर्थतन्त्रमा विश्व अर्थतन्त्रको प्रभाव, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको सम्भावना र चुनौती बारे प्रश्न राखेका थिए । बिज सेन्टरका संयोजक ईश्वर पहारीले र कलेजका एकेडेमिक डिन डा. कृष्णराज भण्डारी, सौगातराज बराल, सुशील पोख्रेल, स्नेहा गुरुङ लगायतले कार्यक्रममा बोलेका थिए । कलेजका प्रिन्सिपल ई. किरण केसीले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया