आकाश यात्रा लोकार्पण

समाधान संवाददाता २०७६ भदौ २ गते १५:१८

समाधान संवाददाता, काठमाडौं

क्याप्टेन दधिराम निरौलाको पुस्तक आकाश यात्रा बजारमा आएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, निरौला पत्नी विना लगायतले गरे ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो विमोचन गरेको बताए । ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ,’ उनले भने ।

Advertisement

क्याप्टेन कोशकुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना लेखेकाले पुस्तक रोमाञ्चक रहेको सुनाए । ‘जीवन एकपल्टमात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुसी लागेको छ,’ उनले भने ।

क्याप्टेन पत्नी बिना निरौलाले पाइलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तीमा हुने हुनाले सधैँ लागेको डरको पनि यो पुस्तक दस्तावेज भएको बताइन् । लेखक दधिराम निरौलाले पूर्वगभर्नर गणेशबहादुर थापाका भाइले प्रेरित गरेर र घोस्ट राइटिङ नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया