फोटोग्राफी दिवसमा प्रभात फेरी

समाधान संवाददाता २०७६ भदौ ३ गते १२:१६

समाधान संवाददाता, पोखरा

१८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघ गण्डकीले पोखरामा सोमबार प्रभात फेरी आयोजना गर्‍यो । मानवअधिकार चोकबाट सुरु प्रभात फेरी चिप्लेढुंगा महेन्द्रपुल हुँदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा साइकल यात्री कर्ण श्रेष्ठलाई संघले सम्मान गर्‍यो । खोटाङका श्रेष्ठ देशव्यापी साइकल यात्रामा छन् । पर्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउन देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफरका लागि गौरवको कुरा भएको संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

Advertisement

कार्यक्रममा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले फोटोग्राफीको महत्वबारे बोलेका थिए । कार्यक्रम संघका महासचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया