भदाै ६ गते गण्डकी प्रदेशमा गाईजात्रा हुँदै

समाधान संवाददाता २०७६ भदौ ३ गते १२:४१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरामा भदौ ६ गते गाईजात्रा हुने भएको छ । ब्रान्ड बर्थको आयोजना र लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको संयोजनमा ‘प्रदेश प्रदेशमा गाइजात्रा’ अन्तर्गत पोखरामा हुने भएको हो । ब्रान्ड बर्थले ७ वटै प्रदेशमा कार्यक्रम आयोजना गरेको छ ।

हास्यव्यंयमूलक कार्यक्रम नभएको भन्दै यसपालिको गाईजात्राले पोखरेली लगायत गण्डकी प्रदेशका दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने संयोजक शैलेन्द्र कर्माचार्यले जानकारी दिए । उनले भने, ‘हामीलाई आशा छ, देशको विकृति र विसंगतीलाई छलांङ पार्ने छ र दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।’

Advertisement

गाईजात्रामा कलाकार मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग), रवी डंगोल, शिवशंकर रिजाल (जोगिन्दर पानवाला) यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारीले मनोरञ्जन दिने छन् ।

पोखरा सभागृह हलमा हुने उक्त कार्यक्रमबाट भएको आम्दानी विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा खर्च गरिने प्रचारप्रसार संयोजक बोधराज रेग्मीले बताए । दर्शकलाई ५ सय र १ हजार दरको टिकटको व्यवस्था गरेको छ ।

Advertisement

गाईजात्रा कार्यक्रमलाई १ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको पीस सोसाइटीका अध्यक्ष कुशराज तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया