मुस्ताङमा ८३ उद्योग थपिए

समाधान संवाददाता २०७६ भदौ ३ गते १३:४९

एसके थकाली, मुस्ताङ

चालु आर्थिक वर्ष मुस्ताङमा कुल ८३ वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष ०७४÷०७५ मा ५३ उद्योग दर्ता भएका थिए ।गत वर्षको तुलनामा यसवर्ष ४० प्रतिशत नया उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङले जनाएको छ । घरेलुका अनुसार यसवर्ष पर्यटनतर्फ ३५ ,कृषि तथा बनपैदावरतर्फ २७ ,सेवामुलकतर्फ १९ र निर्माण उद्योगतर्फ २ वटा उद्योग दर्ता भएका हुन् ।

आर्थिक वर्ष ०७४÷०७५ मा पर्यटनतर्फ १४ ,कृषितर्फ १२ र सेवामुलकतर्फ २७ उद्योग दर्ता भएका थिए । गत वर्ष भन्दा यसवर्ष पर्यटन उद्योगतर्फ ६० प्रतिशत र भुमी तथा बन पैदावर उद्योगतर्फ ५५ प्रतिशत बृद्धि भएको कार्यालय प्रमुख खेमराज पौडेलले जानकारी दिए । यस्तै सेवामुलक उद्योग तर्फ २० प्रतिशत न्युन भएको कार्यालय प्रमुख पौडेल बताए । चालु आर्थिक वर्षको पछिल्लो समय सम्म मुस्ताङमा कुल ६ सय ५६ उद्योग दर्ता भएका छन् । जसमा कृषि र पर्यटन उद्योग बढी भएको कार्यालय प्रमुख पौडेल उल्लेख गरे ।

Advertisement

यसमा वाणिज्यतर्फ ३ सय बढी उद्योग दर्ता छन् । उनका अनुसार ५ लाख भन्दा कमको उद्योगलाई लघु उद्योगको दर्ता गरिने र सो भन्दा बढी लगानीको उद्योगलाई फाईल फरवार्ड गरिने पौडेलको भनाई छ । मुस्ताङको ५ स्थानीय तह मध्ये सदरमुकाम जोडिएको घरपझोङ गाउँपालिकामा बढी उद्योग दर्ता भएका छन् । यस्तै,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा पनि उद्योग दर्ताको संख्या बढेको कार्यालयले जनाएको छ ।

जिल्लाको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा न्युन संख्यामा उद्योग दर्ता भएका हुन् । घरेलुले जिल्लाका युवा बेरोजगारहरुले विभिन्न आयआर्जनको स्वरोजगार तालिम संञ्चालन गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । कार्यालयको वार्षिक कार्यक्रम अनुसार उद्याशिलताको विकास तर्फ युवा लक्षित कार्यक्रम भएको उनले जनाए । उनका अनुसार गत वर्ष १ सय ३३ जना र चालु वर्ष १ सय ३४ जनाले उद्यम संम्वन्धि विभिन्न तालिम लिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया