कात्तिकमा ‘बादशाह जुट’

समाधान संवाददाता २०७६ भदौ ३ गते १४:४७

समाधान संवाददाता
पोखरा

गत वर्षको पुस १३ गते आउने निश्चित भए पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको फिल्म ‘बादशाह जुट’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अब आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने भएको छ । पोस्टरमा फिल्मका लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार रविन तामाङ फिचर्ड छन् ।

‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने २ युवाको कथामा निर्माण भएको निर्देशक जोनीसिंह राणाले बताए । यसअघि उनले १ बलिउड फिल्मसमेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतको पनि अभिनय छ ।

Advertisement

फिल्मको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतमा अभिनेत्री प्रियंका कार्की प्रमुख फिचर्ड थिइन् । उनी यस फिल्ममा अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताए । तासको खेलमा बादशाह जुटलाई शक्तिशाली मानिन्छ । पोस्टरमा सुशील र रविनलाई मात्र स्थान दिइनुले फिल्ममा यी २ आफूलाई बादशाह सम्झने भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन ।

एच एन्ड बि फिल्मस् प्रालि र गोल्डेन ग्रेप्स फिल्मस् एन्ड इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा राजु कार्कीको डिओपी, राजकुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दीर्घ खड्काको सम्पादन छ । हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले फिल्मको निर्माण गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया