फुस्रेखोलामा ट्रस्ट पुल

समाधान संवाददाता २०७६ भदौ ४ गते १३:०१

समाधान संवाददाता
पोखरा

पोखरा १७ को पुलचोक र पोखरा २१ जोड्ने गरी फुस्रे खोलामा पुल बनेको छ । पुल बनेपछि यस क्षेत्रका ३ सय ६३ घरधुरी लाभान्वित भएका छन् ।

वैशाख १९ गते शिलान्यास भएको पुल असार १५ गते बनिसक्नुपर्नेमा खोलाले बाँसको खट बगाएपछि निर्माण पछि सरेको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समिति सचिव देवबहादुर विकले बताए । पुल निर्माणको म्याद १ महिना थप भएको थियो । थपिएको म्याद साउन १५ सम्म भएकोमा ५ दिन अघि साउन १० गते नै पुल निर्माण भएको विकले जानकारी दिए ।

Advertisement

३२ मिटर लामो पुल ९ लाख ३१ हजार २ सय ७ रुपैयाँ लागतमा बनेको हो । पुल निर्माणका लागि लागि ९ लाख २६ हजार ९ सय ५२ रुपैयाँ लागत इस्टिमेट भएको थियो । यसमा झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको ७ लाख २५ हजार ५ सय ७१ रुपैयाँ र पोखरा महानगरपालिकाको १ लाख ५१ हजार ३६ रुपैयाँ लगानी भएको छ । बाँकी रकम जनश्रमदान जुटाइएको हो । पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई फुस्रोखोला वारपार गर्न सहज भएको उपभोक्ता समिति अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया