‘वर्ल्ड मिस युनिभर्सिटी नेपाल-२०१९’ आयोजना हुने

समाधान संवाददाता २०७६ भदौ ५ गते १३:१४

समाधान संवाददाता, काठमाडाैं

डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा ‘वर्ल्ड मिस युनिभर्सिटी नेपाल-२०१९’ काठमाडाैंमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वर्ल्ड मिस युनिभर्सिटिमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् ।

Advertisement

संयुक्त राष्ट्र सङ्घले स्थापित विश्व शान्ति वर्षको उपलक्ष्यमा बुद्धिमत्ता, उच्च नैतिक प्रतिष्ठा, र शारीरिक सौन्दर्य र शक्तिसँग उत्कृष्ट महिला स्नातक छनौट गर्न विश्वविद्यालयमा अध्ध्यान गरिरहेका छात्राहरूलाई अवसर प्रदान गर्दै यो प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा वर्ल्ड मिस विश्वविद्यालय नेपाल २०१९-विजेता, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९- फर्स्ट रनर अप, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९- सेकेन्ड रनर अप गरी तीन मुख्य टाइटल रहेका छन् भने अन्य विभिन्न सब टाइटल पनि रहेका छन् ।

Advertisement

प्रतियोगितामा जुरिको रूपमा  विश्वविद्यालय प्रतिनिधि, ब्यूटीशियन, ड्रेस डिजाइनर,व्यावसायिक मोडल लगायत रहनेछन् जसले प्रतियोगीको क्षमताको मूल्याङ्कन गर्ने छन् ।

यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् ।

केही दिनमा नै प्रतियोगिताको लागी औपचारिक रूपमा आवेदन खुल्ला गरिने र कार्यक्रम लगायतका बारेमा विस्तृत जानकारी सार्वजनिक गरिने डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्टका प्रमुख कार्यकारी अधिकृत विकाश खरेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया