अस्ताए निर्देशक किशोर राना

समाधान संवाददाता २०७६ भदौ ५ गते १३:२६

समाधान संवाददाता, काठमाडौं

कर्जा फिल्मबाट निर्देशनमा होमिएका किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित निर्देशक रानाको ६४ वर्षमा पुल्चोकस्थित निदान अस्पतालमा बुधबार निधन भएको हो ।

उनले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र लगायत फिल्म निर्देशन गरेका थिए । उनले २०७४ को राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान प्राप्त गरेका थिए । रानाले बलिउडमा समेत केही वर्ष काम गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया